राजनीति


एमालेसँग तर्सेकाे कांग्रेस दायाँबायाँ वैशाखी टेक्न खोजेको छ : ओली

एमालेसँग तर्सेकाे कांग्रेस दायाँबायाँ वैशाखी टेक्न खोजेको छ : ओली

सुदीप भण्डारी
चैत १४, २०७८ सोमबार १९:२८, भैरहवा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सबै दल मिलेर आएपनि एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्। 

उनले अरु दल एमालेसँग तर्सिएको उल्लेख गरे।  

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कुनै बेला आफूलाई ठूलो मान्ने कांग्रेससमेत अरुको बैशाखी खोजेको टिप्पणी गरे। 

‘नेपाली कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढे गोरु जस्तो थियो। अहिले विचरा यता एउटाको बैशाखी टेकेको छ। उता अर्काको बैशाखी टेकेको छ’ उनले भने, ‘बैशाखी नटेकु न कसैले भन्यो भने अगाडि एमाले हेर न कत्रो छ एमाले भन्छन्। नेपालमा जति छन् सबै मिलेर आए पनि उहाँहरु लड्न सक्नुहुन्न।’

अब नेकपा एमालेले विजय हासिल गर्ने र मुलुकको विकासको लागि एमाले चाहिएको ओलीले बताए।

कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवलाई पार्टी प्रवेश गराएका थिए।

कपिलवस्तु २ का सांसद गुप्ता र २ क का प्रदेश सांसद श्रीवास्तव ०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका थिए। त्यसअघि दुवै जना तमलोपामा थिए।

कपिलवस्तुमा ५ हजार बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको एमालेले दाबी गरेको छ।

यसैबीच कपिलवस्तुबाट एमाले अध्यक्ष ओली साँझ रुपन्देही फर्केका छन्। भोलि मंगलबार तिलोत्तमाको शंकरनगर वनबाटीकाको भ्युटावरको उद्घाटन र दिउँसो मणिग्राममा आयोजित भूतपूर्व सैनिक प्रहरी संगठनको महाधिवेशनको उद्घाटन गर्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .