राजनीति


साझाको असन्तुष्ट पक्षले रवीन्द्र मिश्रलाई सोध्यो स्पष्टीकरण, बैठकको अध्यक्षता गर्न रोक

साझाको असन्तुष्ट पक्षले रवीन्द्र मिश्रलाई सोध्यो स्पष्टीकरण, बैठकको अध्यक्षता गर्न रोक

नेपालखबर
चैत १४, २०७८ सोमबार १७:२५, काठमाडौँ

विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोधेको छ। 

सोमबार बसेको असन्तुष्ट पक्षको बैठकले मिश्रलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

सो बैठकले अध्यक्ष मिश्रलाई बैठकको अध्यक्षता गर्न नदिने र आह्वान गरिएका बैठक स्थगित गर्ने निर्णय गरेको असन्तुष्ट समुहको नेतृत्व गरिरहेका संगठन विभाग प्रमुख निर्देश सिलवालले बताए।

सोमबार बसेको असन्तुष्ट पक्षको केन्द्रीय समितिले गरेका निर्णय यस्ता छन् 
१) चैत १३, २०७८ मा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष रवीन्द्र मिश्रको बहुमत नहुँदै एकलौटी रुपमा भएको निर्णय स्वीकार्य हुन नसक्ने। विधानको धारा २१(९) ५ बमोजिम केन्द्रीय समितिले केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ। यस अधिकारबाट केन्द्रीय समितिलाई बञ्चित गराइयो। यस कारण चैत १३, २०७८ को अध्यक्षको निर्णयहरूको औचित्य नरहने निर्णय गरियो। 

२) अध्यक्ष रविन्द्र मिश्रले बैठक सञ्चालन विधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित गरेको ठहर गरियो। पार्टीमा अलोकतान्त्रिक प्रक्रियामा काम कारबाही गरेको, र अन्य पार्टीहरूसँग एकलौटी रुपमा गरेको एकीकरणको प्रयास पार्टीको हित विपरित रहेको हुँदा अध्यक्ष रविन्द्र मिश्रमाथि केन्द्रीय समितिले बाधा अड्काउ फुकाऊ तथा खारेजी गर्न विवेकशील साझा पार्टीको विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निस्कासन किन नगरिने भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने निर्णय गरियो। अध्यक्ष रविन्द्र मिश्रलाई ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन गरिने निर्णय गरियो। 

३) स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही सम्पन्न नहुँदासम्म अध्यक्ष रविन्द्र मिश्रलाई थप बैठक आह्वान गर्न रोक लगाउने, आह्वान गरेको सम्पूर्ण बैठक स्थगित गरिने, र कुनै पनि बैठकको अध्यक्षता गर्न रोक लगाउने निर्णय गरियो। 

४) अध्यक्ष रवीन्द्र मिश्रमाथिको कारबाही टुंगोमा नपुग्दासम्म पार्टीको केन्द्रीय समितिको बैठकको अध्यक्षता, र स्पष्टीकरणको म्याद थपघट गर्ने अधिकार समितिको जेष्ठ सदस्य भिम अधिकारीमा रहने निर्णय गरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad