राजनीति


‘मिडिया काउन्सिल विधेयक’ बारे महासंघ र सांसदबीच छलफल

‘मिडिया काउन्सिल विधेयक’ बारे महासंघ र सांसदबीच छलफल

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ९:४४,

राष्ट्रिय सभाको विधायन समितिद्वारा गठित उप–समिति र नेपाल पत्रकार महासंघले बीच संसोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा बुधबार छलफलको आयोजना गरेको छ।

उप–समितिका सदस्य तथा सांसद ठगेन्द्र प्रकाश पुरीले महासंघको सुझावलाई गम्भीरताका साथ लिने भन्दै संशोधन बुँदा पास नहुञ्जेलसम्म सरोकारवालाको सुझाव संकलन गर्ने बताए।
सांसद हरिचरण शिवाकोटीले कुनै पनि विधेयक पास गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेस जगतको हितमा हुनेगरी उपसमिति प्रयासरत रहेको बताए।

त्यस्तै सांसद बृषेश चन्द लालले विधेयक ल्याउँदा सम्बन्धित मन्त्रीसँग छलफल गर्दा गर्दै ल्याइएको बताए। उनले हाल संशोधनमा रहेको नेपाल मिडिया काउन्सिल विधेयक संशोधनमा रहेका बुदाँहरुलाई पत्रकारको हितमा हुनेगरी सुझाव लिएर पूर्णता दिने बताए।

कार्यक्रम महासंघको तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संसोधनका लागि ११ बुँदे सुझाव प्रस्तुत गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक बर्गको प्रतिनिधित्व हुनेगरी निर्माण गरिनुपर्ने सुझाव दिए। उनले काउन्सिललाई शब्दमा भन्दा पनि सम्पूर्ण पत्रकार तथा संचार जगतको हितमा हुनुपर्ने धारणा राखे।

केन्द्रीय सदस्य जन्मदेव जैसीले काउन्सिललाई कानूनी रुपमा शक्तिशाली निकायका रुपमा स्थापित गर्नुपर्ने धारणा राखे।

महासंघका निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले काउन्सिललाई हरेक वर्ग र क्षेत्रको अपनत्व हुनेगरी समावेशी गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा अन्य सहभागीहरुले समेत सुझाव दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad