राजनीति


ब्याचीहरु आईजीपीको दौडमा, एसएसपी साह मेयर बन्ने होडमा

भन्छन्: कांग्रेसले विदेह नगरपालिकाको टिकट दिन्छ
ब्याचीहरु आईजीपीको दौडमा, एसएसपी साह मेयर बन्ने होडमा

नेपालखबर
चैत ७, २०७८ सोमबार १९:६, काठमाडौँ

एसएसपी गोविन्द साहका ब्याचीमध्ये एकजना आगामी वैशाख १९ गतेपछि प्रहरी महानिरीक्षक बन्दैछन्। 

तर आईजीपीको प्रतिस्पर्धाबाट पछि परिसकेका एसएसपी गोविन्द साह भने प्रहरीबाट राजीनामा दिएर गाउँ फर्किएका छन्। 

सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेसँगै गाउँमा चुनावी चहलपहल बढ्न थालिसकेको छ। 

हरेक दलका आकांक्षीहरु धमाधम खुल्न थालेका छन्। एसएसपीबाट राजीनामा दिएका साहले पनि मेयर बन्नकै लागि राजीनामा दिएको बताएका छन्।

‘२९ वर्ष जागिर खाइहालेँ। अब कति गर्ने? गाउँलेले मेयर लड्न आउनु पर्यो भने', सोमबार साहले नेपालखबरसँग भने, 'अनि राजीनामा दिएर गाउँ आएपछि भेटघाट बढाएको छु। चुनावको तयारी गरिरहेको छु’, 

धनुषाको विदेह नगरपालिकाबाट आगामी निर्वाचनमा मेयरमा उम्मेदवारी दिने साहले बताए। यसअघि त्यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए। तर उनी नेकपा विभाजनपछि एमालेतिर गएका छन्। 

साहले नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनका बुवा सीताराम साह नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति पनि हुन्।

‘जागिर सकिएपछि पनि गाउँमा आउनै पर्थ्यो, अहिले गएर चुनावमा लाग्यो भने गाउँमा स्थापित पनि भइयो। गाउँलेले पनि सुशासन र विकासका लागि जसरी पनि आउनुपर्छ भन्न थाले, लौ त भनेर राजीनामा दिएर आएको हुँ’, उनले भने। 

राजीनामा दिने बेलामा साह संघीय प्रहरी इकाइ धरानका इन्चार्ज थिए। अहिले गाउँघरमा भेटघाट गरिरहेको बताउँदै उनले नेताहरुसँग पनि कुरा भइरहेको सुनाए। 

मेयरमा निर्वाचित हुनुभयो भने के योजना  छन् भनेर हामीले सोध्यौँ। साहले भने, ‘म पहिल्यैदेखि समाजसेवा गर्दै आएको मान्छे हुँ। अहिले गाउँमा अराजकता, अनियमितता पनि बढेको रहेछ। त्यसको अन्त्य गर्छु। अरु त सुशासन, शान्ति सुरक्षा र विकासका काम गर्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad