ad ad

राजनीति


प्रचण्डको प्रश्नः सरकार अझै कहाँ अल्झिएको हो?

प्रचण्डको प्रश्नः सरकार अझै कहाँ अल्झिएको हो?

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ७:५५,

 सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन्। 

भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले आफ्नो बाँकी जीवन देश र जनताका लागि समर्पित गरेको पनि उल्लेख गरे।

‘सरकार अझै पनि कहाँ अल्झिएको हो?’ उनले प्रश्न गरे, ‘जनअपेक्षा अनुसार काम भएको छैन। केही ढिलो पक्कै भएकै हो।’

उनले पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेको पनि गुनासो गरे। यद्यपि व्यवसायीका सबै अपेक्षा ५ वर्षमा पूरा हुने प्रतिबद्धता पनि उनले गरे।

उनले अब सरकारले देखिने गरी काम गर्ने दाबी पनि गरे। ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ। तपाईंहरु ढुक्क हुनुस्, अब देखिने गरी काम हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .