उत्तर कोरियासँग चाँडै सम्झौता गर्ने संकेत गर्दै ‘चाँडै भेटौला’ भनेर ट्रम्पले ट्वीट गरेपछि उत्तर कोरियाले आफूहरु ट्रम्पसँग शिखर वार्ता गर्न तयार नभएको प्रतिक्रिया जनाएको हो।
उत्तर कोरियाली नेता किम जोङ उन र ट्रम्पबीच तीनपटक भेट भइसकेको छ।
गतवर्षको जुन महिनामा सिंगापुर र यसै वर्षको फेब्रुअरी महिनामा भियतनाममा किम र ट्रम्पबीच क्षेप्यास्त्र निशस्त्रीकरण र उत्तरमाथिको आर्थिक प्रतिबन्धको विषयमा छलफल पनि भएको थियो।
तर कुनै छलफलले निष्कर्ष दिन सकेन। उत्तर कोरिया अमेरिकाबाट पूर्ण आर्थिक प्रतिबन्ध फुकुवा चाहन्छ। तर ट्रम्पले प्रतिबन्धहरु आंशिक रुपमा फुकुवा गर्दै जाने बताएपछि सहमति हुन सकेको छैन्।
उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उत्तर कोरिया अमेरिकासँग अर्थविहिन शिखर वार्ता गर्न तयार छैन।
पहिलेका वार्ताको वाचा ट्रम्पले पुरा नगरेको पनि उत्तर कोरियाको आरोप रहेको छ।
अमेरिकाले उत्तरसँगको वार्तापछि गत फेब्रुअरीमा उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई मान्ने विश्वास व्यक्त गरेको थियो।
यद्यपी उत्तरले परमाणु हतियार परीक्षण गर्दै आएको छ।
प्रतिक्रिया