ad ad

राजनीति


धनुषा कांग्रेस : कोइराला पक्षको समर्थन निधि समूहलाई, संस्थापनलाई चुनौती

धनुषा कांग्रेस : कोइराला पक्षको समर्थन निधि समूहलाई, संस्थापनलाई चुनौती

शैलेन्द्र महतो
फागुन २५, २०७८ बुधबार २१:४६, काठमाडौँ

नेपाली कांग्रेस धनुषाको १४ औं अधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले बिमलेन्द्र निधि समूहका उम्मेदवारलाई समर्थन गरेको छ।  

भोलि (बिहीबार) हुने दोस्रो चरणको निर्वाचनको लागि कोइराला समूहका सभापतिका उम्मेदवार दिनेश प्रसाद प्रसैलाले निधि समूहका सभापतिका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन्।

सोमबार भएको पहिलो चरणको प्रतिष्पर्धामा शेखर समूहका प्रसैला सबैभन्दा कम मत ल्याएर प्रतिस्पर्धाबाट आउट भएका छन्। 
 

जनकपुरधामस्थित विमलेन्द्र निधिको निवासमा बुधबार साँझ पत्रकार सम्मेलनको आयोजन गर्दै कोइराला समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेको बताए।   

दुवै पक्षको दिनभर भएको आन्तरिक छलफल पश्चात साँझ सहमति जुटेको नेता निधिले पत्रकार सम्मेलनमा बताए। निर्वाचनपश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य गरेर दुवै पक्ष अगाडि बढ्ने प्रतिवद्धता निधिले व्यक्त गरेका हुन्। 

कोइराला र निधि पक्षको सहमतिले अब संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई जित्न चुनौती थपिएको छ। 

पहिलो चरणको मतदानमा तीनै समूहका उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेनन्। निर्वाचन समितिले भोलि बिहीबार दोस्रो चरणको निर्वाचनको समय तोकेको छ। 

पहिलो चरणमा मतपरिणाममा सभापतिका उम्मेदवार पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थान ल्याएका थिए। यस्तै, संस्थापन पक्षका सभापतिका उम्मेदवार यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .