ad ad

राजनीति


भारतसँगको सीमा समस्या समाधान गर्न चीनलाई पनि संलग्न गराउनुपर्छः महत

भारतसँगको सीमा समस्या समाधान गर्न चीनलाई पनि संलग्न गराउनुपर्छः महत

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:४१,

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न चीनलाई पनि सहभागी गराउनुपर्ने बताएका छन्।

नेपाल वैकल्पिक अध्ययन समाजले ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ विषयमा राजधानीमा गरेको विमर्शमा बोल्दै महतले भने, ‘कालापानी, लिम्पियाधुराको विवाद मूलतः नेपाल र भारतबीचको समस्या हो। तर यसमा चीनलाई पनि संलग्न गराउनुपर्छ। किनभने चीन पनि सीमाको छेऊमा छ।’

उनले नेपाललाई फाइदा हुने अवस्थामा जुनसुकै मोडेलमा पनि छिमेकीसँग सहकार्य गर्न सकिने स्पष्ट पारे।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्यवेक्षकको हैसियतमा मात्र छिमेकीसँग सहकार्य गर्न नहुने बताए। उनले नेपालको ध्यान राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।

वरिष्ठ नेता नेपालले भारतले त्रिपक्षीय सम्बन्धमा उदारता अपनाउनुपर्ने बताए। ‘भारतीय नेताहरुसँग कुरा गर्दा थाहा हुन्छ, भारत चीनप्रति सधैँ संशकित छ,’ उनले भने, ‘तर चिनियाँ पक्षसँग कुरा गर्दा उसले सदासयता देखाउँछ। भारतलाई पनि विश्वासमा लिएर अघि बढ्नुस् भन्छ। भारतले पनि त्यसै भने भइहाल्यो त।’

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले प्रस्तुत गरेको कार्यपत्रमा नेपाल, महत र सुरक्षाविद् इन्द्रा अधिकारीले टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .