ad ad

राजनीति


समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

सागर न्याैपाने
कात्तिक ३०, २०७६ शनिबार १४:३१,

समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ।

संघीय परिषद् र केन्द्रिय सदस्यहरुले संविधान संसोधन प्रक्रिया अघि नबढेको भन्दै सरकारबाट बाहिरिन दिएको सुझाव वेवास्ता गर्दै समाजवादीले सरकारमैं रहेर संविधान संसोधनको विषय कार्यान्वयन गर्न थप प्रयास गर्ने भएको छ।

यदि उक्त प्रक्रिया अघि नबढे त्यसपछि मात्र सरकार छोडेर आन्दोलन गर्ने उसले बताएको हो।

बिहीबार बसेको संघीय परिषद् र शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले सरकारमैं रहने निर्णय गरेको समाजवादी पार्टीको निर्वाचन कमिटी अध्यक्ष डा. शिवजी यादबले जानकारी दिए।

नेपाल खबरसंग कुरा गर्दै उनले भने– केन्द्रिय समितिले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ तर यसबारे परिस्थितिअनुसार आवश्यक निर्णय गर्न पदाधिकारीलाई अधिकार दिएको छ।

संविधान संसोधन गर्न आवश्यक दुई तिहाइ पुर्याउन सरकारमा सहभागी भए पनि १७ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा चासो नदेखाएको भन्दै सहभागीहरुले सरकार छाड्न दबाब दिएका थिए।

शनिवार बोल्ने क्रममा छन्दबहादुर पन्थीले सरकारमा बसेर तेस्रो धार र बैकल्पिक पार्टी नबन्ने र साङ्गठनिक बिस्तार पनि नहुने भएकोले सरकार छोड्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

तर यस विषयमा केन्द्रीय कार्यकारिणी समिती (पदाधिकारी) बैठकलाई जिम्मा दिएर बैठक समापन गरिएकोमा केही नेताहरूले असन्तुष्टि जनाएका छन्।

यसअघि नेताहरुले अल्टिमेटम दिएर सरकार छोड्ने बताए पनि त्यसमा सघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादब सहमत नभएका हुन । यादव हाल सरकारकाे उपप्रधानमन्त्री छन्।

बैठकमा सरकार छोड्न दबाब बढे पनी नेतृत्वले खुट्टा कमाएकाे एक नेताले नेपालखबरलाइ बताए।

सरकार छोडेर मधेसी, आदिवासी र सबैको अधिकार संविधानमा लिपिबध्द गर्न आन्दोलनमा जानुको विकल्प नभएको बताउने भट्टराई नै सरकार छोड्ने पक्षमा नहुनु दुखद भएको ती नेताले बताए।

समाजवादीको तीनदिनदेखी जारी बैठकले पार्टीको नियमावली र संगठनात्मक कार्यविधी संसोधन गर्न पनि पदाधिकारीलाई जिम्मा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .