ad ad

राजनीति


चुनौती र निराशाभित्रै आशामुखी बन्नुपर्छ : नेता नेपाल

चुनौती र निराशाभित्रै आशामुखी बन्नुपर्छ : नेता नेपाल

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १३:२४,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकका सामु देखिएका जुनसुकै चुनौतीलाई पनि साहस र धैर्यताका साथ सामना गरेर अघि बढ्नुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले राम्रो परिवार र सामाजिक परिवेष्ट राम्रो भए मात्र देशको अवस्था पनि राम्रो हुने उल्लेख गर्दै निरासालाई समाप्त पार्दै आशामुखी बन्न सबैलाई आग्रह गरे।

लेखिका उषा थपलियाद्वारा लिखित ‘नारी हारेकी छैन’ र बालप्रतिभा संविदा वाग्लेको ‘नवपल्लव’ कृतिको विमोचन गर्दै उनले भाषा र साहित्य सिर्जना सिंगो समाजलाई सही मार्गमा डो¥याउने सशक्त माध्यम भएको बताए।

समाजमा रहेका विभिन्न विकृति र विसङ्गतिका विरुद्ध सिर्जनाको माध्यमबाट सशक्त आवाज उठाउन युवापुस्तालाई आग्रह गर्दै उनले भने, ‘हामी कहिलेकाही नकारात्मक कुरालाई बढी प्रवद्र्धन गछौँ। निरासावाद र शिथिलताले सिर्जनाको यात्रालाई पूर्णबिराम लगाइ दिन्छ, आशावादले चुनौतीको सामना गरी नयाँ सिर्जनामा प्रेरित गर्दछ, त्यसैले जस्तोसुकै अफठ्यारो परिस्थितिमा पनि हरेश खानु हुँदैन र चुनौतीको समाना गरेर अघि बढ्नुपर्छ।’

वरिष्ठ नेता नेपालले विमोचित पुस्तक ‘नारी हारेकी छैन’ र ‘नवपल्लव’ को विषयवस्तुको गाम्भीर्यता र लेखन प्रस्तुतीको प्रशंसा गर्दै महिला समुदायलाई आशावादी भएर निरन्तर सत्कर्ममा लाग्न उत्साह पैदा गर्ने कृति नेपाली साहित्यका लागि नयाँ उपहार भएको बताए।

प्रा गोविन्दराज भट्टराईले विशिष्ठ प्रतिभा भएको बाललेखिका संविदाको पुस्तक ‘नवपल्लव’ हरेक शिक्षालय र पुस्तकालयका लागि पठनयोग्य सामग्रीका रुपमा आएको बताए। दुवै कृतिको समीक्षा गर्दै सहप्राध्यापक डा शैलेन्दुप्रकाश नेपालले नेपाली परम्परा र संस्कृतिलाई पश्चिमी चश्मा लगाएर हेर्ने प्रवृत्ति र उग्रनारीवादलाई समन्वयात्मक दृष्टिकोण रहेको पुस्तकमा नारीको परिवार, समाजदेखि सत्तासम्म भोगेको बेहोरेको अवस्थालाई सम्प्रेषण गरिएको उल्लेख गरे।

उपप्राध्यापक ज्ञानु अधिकारीले विगतका कृतिमा नारीको पीडा, हकअधिकार आदि कुरालाई समेटिने गरेपनि ‘नारी हारेकी छैन’ नामक कृतिले नारी समाजमा सक्षम छन्, अवसर पाए जेपनि गर्न सक्छन् भन्ने सन्देश दिएको बताइन्।

प्राज्ञ सदस्य लक्ष्मी उप्रेतीले नारी शक्ति कहिल्यै हार्दिनन् भन्ने सन्देश पुस्तकले दिएको बताइन्। ओरेण्टियल पब्लिकेशनले प्रकाशन गरेको पुस्तक ‘नारी हारेकी छैन’ भित्र ५३ लेख समावेश छन् भने ‘नवपल्लव’ मा लेखिकाले कक्षा ३ मा अध्ययन गर्दा सात वर्षको उमेरदेखि एसइईसम्मको अध्ययन अवधिमा घुमेका गन्तव्य, भोगेका विषयवस्तु र विभिन्न पत्रपत्रिकामा लेखेका रचनालाई सरल र सटिक ढङ्गले प्रस्तुत गरिएको छ।

सोही अवसरमा लेखिकाद्वयको शब्द, स्वर र संगीत रहेको ‘आमा तिमी पाएर’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .