ad ad

राजनीति


डायलासिसपछि बालुवाटार फर्के प्रधानमन्त्री ओली

डायलासिसपछि बालुवाटार फर्के प्रधानमन्त्री ओली

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार ११:४६,

प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएर बालुवाटार फर्किएका छन्।

शनिबार मध्यान्न ग्रान्ड इन्टरनेसनल अस्पतालमा तेस्रो पटक डायलासिस गरेर साँझ बालुवाटार फर्केका हुन्।

ग्रान्डी अस्पतालमै यसअघि दुई पटक डायलासिस गराएका प्रधानमनत्री ओली शनिबार बिहान नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका थिए।

अस्पतालले प्रधानमन्त्री ओलीको पुनः डायलासिस गरेको जनाएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पतालमा आउनुभएको छ’, ग्राण्डी अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ।’

अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएका छन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलामा समस्या देखिएपछि गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए। त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो।

एन्टीबडी नस्ट गर्दा पनि मिर्गौलाले काम गर्न छाडेपछि पछिल्लोसमय उनको डायलासिस गरिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .