राजनीति


प्रधानन्यायाधीशविरुद्ध महाभियोगले तरंग : आज सर्वदलीय बैठक बस्दै

प्रधानन्यायाधीशविरुद्ध महाभियोगले तरंग : आज सर्वदलीय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७८ सोमबार ५:११, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरूले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन्।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाभियोगका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुन्। 

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन्।

यता सोमबार बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad