कारोबार


सेयरबजारमा तेहरो अंकको गिरावट, अपर तामाकोशीका लगानीकर्ताले गुमाए धेरै

सेयरबजारमा तेहरो अंकको गिरावट, अपर तामाकोशीका लगानीकर्ताले गुमाए धेरै

नेपालखबर
फागुन १, २०७८ आइतबार १५:९, काठमाडौँ

सेयरबजारमा आज तेहरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १०१.२४ अंकले घटेको हो। 

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १५.६२ अंकले झरेको छ। 

कुल २२७ सेयर कारोबार भएको बजारमा १ करोड १६ लाख ६१ हजार कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा ८१ हजार ८ सय ३७ पटकको खरिदबिक्रीपछि ५ अर्ब ९७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज सबै उपसमूहको सूचक राताम्य भएका छन्। 

कसले कमाए? 
आज लगानीकर्ताले २ प्रतिशतमात्रै कमाएका छन्। नेप्सेका अनुसार अधिकतम कमाउने लगानीकर्ताले १.९४ प्रतिशत मात्रै आम्दानी गरेका हुन्। एनआईबीएल समृद्धि फन्डका लगानीकर्ताले उक्त दरमा आम्दानी गरेका हुन्। 

त्यसैगरी सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले १.१० प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड३का लगानीकर्ताले ०.७३ प्रतिशत, मेगा म्युचुअल फन्ड१का लगानीकर्ताले ०.५५ प्रतिशत र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ०.१९ प्रतिशत आम्दानी गरे पनि अन्य लगानीकर्ता निराश भएका छन्। 

गुमाउने को? 
यसैबीच आज माथिल्लो तामाकोशीका लगानीकर्ताले सर्वाधिक ८.३७ प्रतिशत गुमाएका छन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.२६ प्रतिशत, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ७.७५ प्रतिशत, वीन नेपाल लघुवित्तका लगानीकर्ताले ७.५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ७.५२ प्रतिशत गुमाएका छन्। 

सर्वाधिक कारोबार 
आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३२ करोडको सेयर खरिदबिक्री भएको हो। त्यसैगरी अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८९ करोडको, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोडको, नेशनल हाइड्रोपावर कम्पनीको २५ करोडको र अपि पावरको २१ करोडको कारोबार भएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad