ad ad

राजनीति


राष्ट्रपतिसहित ६ ठाउँमा पठाइयो महाअभियोग दर्ताको जानकारी

राष्ट्रपतिसहित ६ ठाउँमा पठाइयो महाअभियोग दर्ताको जानकारी

नेपालखबर
फागुन १, २०७८ आइतबार १४:१०, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवार दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावको जानकारी संसद सचिलायले ६ ठाउँमा पठाएको छ। 

संघीय संसदका महासचिव भरतराज गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतलाई पत्र पठाएर जबराविरुद्ध महाअभियोग दर्ता भएको जानकारी गराएका हुन्। 

संसद सचिवालयले महाअभियोग दर्ताको जानकारी गराएपछि अब जबरा स्वत: निलम्बित भएका छन्। सचिवालयले पत्रमा पनि संविधानअनुसार जबराले काम गर्न नपाउने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .