राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका कमल थापाले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन्।
थापाले यसअघि कायम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई नै अद्यावधिक गरेर आफू अध्यक्ष हुने गरी निवेदन दिएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार थापाले पुरानै पार्टीलाई अद्यावधिक गर्ने गरी निवेदन परेको छ।
'पुरानै राप्रपा नेपाल नाम कायम हुने गरी निवेदन आएको छ', उनले भने, 'त्यसमाथि हामी अध्ययन गरिरहेका छौँ। अध्यक्षमा कमल थापालाई प्रस्ताव गरिएको छ।
594
Shares

प्रतिक्रिया