कारोबार


के.जी. इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

के.जी. इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १७:३०, काठमाडौँ

के.जी. इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको जनाएको छ। कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ।

माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागू हुने प्रालिले जनाएको छ। यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ। अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन्।

त्यस्तै, कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ। नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको छ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन्। एसवाईएम ताइवानको कम्पनी हो। यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन्। 

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ। एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन्। अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५।७ एमएम र ७५०० आरपिएम छ।

६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन्। अगाडिको टायर साइज १००र९०–१९ र पछाडिको टायर साइज १३०र८०–१७ रहेको खत्रीले जानकारी दिइन्। यो बाइकमा फुल एलइडी लाइट छ। १२५ किमी पर आवर हाइस्पिड क्षमता छ। बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ।

यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ। रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ। स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन्। बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ। एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .