ad ad

राजनीति


प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

फाइल तस्बिर : प्रधानमन्त्री शेरबहादुर देउवा


नेपालखबर
माघ ७, २०७८ शुक्रबार ११:४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्। 

प्रधानमन्त्रीको सम्बाेधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। 

देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्। 

आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ। 

याे पनि : ​चुनावबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .