ad ad

राजनीति


मन्त्री रेणु यादवलाई बर्खास्त गरी पक्राउ गर्न सिके राउतकाे माग

मन्त्री रेणु यादवलाई बर्खास्त गरी पक्राउ गर्न सिके राउतकाे माग

नेपालखबर
माघ ६, २०७८ बिहिबार २०:१२, काठमाडौँ

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

मन्त्री यादवले गौर हत्याकाण्ड स्वीकारेको भन्दै उनलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जनमत पार्टीले माग गरेको छ। 

पार्टीले आज विज्ञप्ति जारी गरी देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक रहेको जनाएको छ।

‘२०६३ साल चैत्र ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरिकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेशी जनधिकार फोरम) ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसके पछि यो गौर नरसंहारको स्वीकारोक्ति पनि हो’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।’

साथै, सो पार्टीले ‘गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने नभई उनीहरूलाई तत्काल पक्राऊ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्ने’ जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .