ad ad

राजनीति


प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

शैलेन्द्र महतो
माघ ३, २०७८ सोमबार १५:४६, काठमाडौँ

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। 

सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।

प्रदेश सभामा कायम १०४ मध्ये ९८ सांसदले मतदान गरेका थिए, जसमा ७९ मत जनकपुरधामको पक्षमा खसेकाे छ।

दुई तिहाई मतले निर्णय गरेसँगै सभामुख सरोज यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घोषणा गरेका छन्।

‘जनकपुरधाम’ लाई स्थायी राजधानी  बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो।

उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ काे राजधानी  कायम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .