NepalKhabar NepalKhabar

राजनीति


संसद बैठकमा बोल्दाबोल्दै सांसदले उठाए फोन (भिडिओसहित)

संसद बैठकमा बोल्दाबोल्दै सांसदले उठाए फोन (भिडिओसहित)

शैलेन्द्र महतो
माघ २ , काठमाडौँ

प्रदेश सभा ऐन नीति निर्माण बन्ने स्थल हो। विशेष संवेदनशील स्थल भएकाले यहाँ नीति निर्माता सांसदहरुले न्यूनतम आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।

प्रदेश नम्बर २ प्रदेश सभाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ जारी गरेको छ। यो नियमावलीको दफा १९ मा प्रदेशसभा सदस्यहरुले बैठकमा ११ वटा नियमहरूको पालना गर्नुपर्ने उल्लेख छ। जसमा दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ । 

तर, आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार यादवले पोडियममा बोलिरहेको बेला रोकिएर मोबाइल फोन नै उठाएर कुरा गरेका छन्। 
 

नाम र स्थायी राजधानीको विषयमा आफ्ना धारणा राख्ने क्रममा उनको फोन आएको थियो। उनले बीचमै फोन उठाए। फोन उठाएर उनले  ‘ए भाइ!’ भन्दै फेरि फोन काटेका थिए।

उनले फोन काट्नेबित्तिकै सबै सांसदहरू खित्का छाड्दै हाँस्न थाले। त्यसपछि सांसद यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरूलाई नहाँस्न आग्रह गरे।

भिडिओ

 

माघ २, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.