राजनीति


शंकर पोखरेलले नियुक्त गरेका पदाधिकारी लुम्बिनी सरकारले हटायो

शंकर पोखरेलले नियुक्त गरेका पदाधिकारी लुम्बिनी सरकारले हटायो

सुदीप भण्डारी
पुस २६ , काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले आफू मातहतका अस्पताल विकास समितिका पदाधिकारी हटाएको छ।

प्रदेशको मन्त्रिपरिषद बैठकले अघिल्लो शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको हो। यो निर्णयले प्रदेश र जिल्ला अस्पतालका पदाधिकारी पदमुक्त हुने छन्। 

मन्त्रिपरिषद बैठकले आइसोलेसन अस्पतालहरूको सेवालाई निरन्तरता दिँदै ती अस्पतालमा कार्यरत कर्मचारीको करार सम्झौता थप गर्ने निर्णय गरेको छ।

चैत मसान्तसम्म अस्पतालमा कार्यरत कर्मचारीहरुको करार सम्झौता थप गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए। 

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट आवश्यक रकम उपलब्ध गराउने निर्णय गर्दै महामारी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको जिल्लागत अनुगमनको लागि मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ।

यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ खारेज गरेको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले केही समय अघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट ध्रुव मजगैयालाई हटाएर अनन्तराज घिमिरेलाई नियुक्त गरेको थियो।

शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका मजगैयाले दायर गरेको रिटमा सर्वोच्च अदालतले घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि वर्तमान सरकारले प्राधिकरण गठन तथा सञ्चालन आदेश खारेज गरेको हो। 

लुम्बिनीको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। यस्तै, समपूरक र विशेष अनुदानका आयोजनाहरुको प्रस्ताव स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

बैठकले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने र ज्येष्ठ नागरिक राष्ट्रिय महासंघलाई पाँच लाख रकम सहयोग दिने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिए।

पुस २६, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad