राजनीति


उत्तराखण्डका गभर्नरको कालापानी भ्रमण नेपालको सार्वभौमिकतामाथि चुनौति : केसी

उत्तराखण्डका गभर्नरको कालापानी भ्रमण नेपालको सार्वभौमिकतामाथि चुनौति : केसी

फाइल फाेटाे


नेपालखबर
पुस १९, २०७८ सोमबार १७:५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले नेपालको अनुमतिबिना दार्चुलाको कालापानी क्षेत्रमा भारतको उत्तराखण्डका गभर्नरले भ्रमण गरेको भन्दै आपत्ति जनाएको छ। 

मंगलबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) कालापानी क्षेत्रमा पर्ने नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्। 

सो घटनाले नेपालको सार्वभौमिकतामाथि भारतले ठाडै चुनौति दिएको भन्दै अध्यक्ष केसीले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन र आफ्नो धारणा स्पष्ट पार्न पनि सरकारसँग माग गरेका छन्। 

‘कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्दछन्। नेपालको अनुमति विना त्यसप्रकारको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको छ’ केसीले भनेका छन्, ‘ त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad