राजनीति


नेकपाबाट बागी बनेका घर्तीले राजमोका शाहीलाई नै सघाउने

नेकपाबाट बागी बनेका घर्तीले राजमोका शाहीलाई नै सघाउने

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ९:४६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नै सघाउने भएका छन्।

निर्वाचन आयोगले तोकेको समयमा नपुगेका कारण उम्मेदवारी फिर्ता नभए पनि पार्टीसँगको औपचारिक छलफलपछि उनी पार्टीले तोकेको आधिकारीक उम्मेदवारलाई सघाउन तयार भएका हुन्।

घर्तीले राजमोका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने सहमति भइसकेको र त्यसको जानकारीका लागि केहीबेरमै पत्रकार सम्मेलन गर्न लागिएको नेकपा बाग्लुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले बताए। कानूनी रुपमा उम्मेदवार फिर्ता नभए पनि सहमति गरेर गठबन्धनका शाहीलाई नै सघाउन घर्ती तयार भएको अध्यक्ष सापकोटाले बताए।

‘ढिला आएका कारण उम्मेदवार फिर्ता भएन’, अध्यक्ष सापकोटाले नेपालखबरसँग भने, ‘उहाँ वाम गठबन्धनको आधिकारिक उम्मेदवारलाई सघाउन तयार हुनुभएको छ, केही बेरमै पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छौँ।’

नेकपाले बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) राजमोलाई छाड्ने गरी सहमति गरेको थियो। पार्टी निर्णयविरुद्ध घतीले बिहीबार प्रदेससभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए।

पार्टी निर्णयविपरित मनोनयन दर्ता गरेपछि फिर्ता लिन नेकपाले दबाब दिँदै आएको थियो।

आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले घर्तीसँग सहमतिको पहल गरी आफ्नै हेलिकप्टरमा राखेर सदरमुकाम ल्याएका थिए।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्मका लागि तोकेको थियो। उनीहरु आयोगले तोकेको समयभन्दा २० मिनेट ढिला गरी आएपछि कानूनी रुपमा उम्मेदवारी फिर्ता गराउन नेकपा असफल भएको थियो।

त्यसपछि उम्मेदवार घर्तीसहित नेकपाका जिल्लाका जिम्मेवार नेताहरुबीच भएको छलफलपछि घर्ती शाहीलाई सघाउने निर्णयमा पुगेका हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad