कारोबार


ओपोद्वारा डुअल–मोड ५ जी स्मार्टफोन सार्वजनिक गर्ने तयारी

ओपोद्वारा डुअल–मोड ५ जी स्मार्टफोन सार्वजनिक गर्ने तयारी

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ९:५१,

वैश्विकस्तरमै एक अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ। ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ।

फाइभजी समितमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अद्धितीय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको ब्यापक प्रयोगहुने आफ्नो विश्वास ब्यक्तगर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेट गरे।

‘ओपो लगायत अन्य औद्योगिक सहपाथीका अथक प्रयासले फाइभजी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ। केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन्।’, ट्याङले भने, ‘हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौ।’

मेँ २०१९मा ओपोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसंग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गर्यो। यससँगै यो ह्याण्डसेट ब्यापारिक परियोजनका साथमा यूरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्याण्डसेट बन्यो। विश्वभर फाइभजीको कमर्सियलाइजेसनमा तिब्रता ल्याउनका लागि ओपो अहिले एक डर्जन भन्दाबढी अपरेटर्ससंग सक्रियरुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओपोले थप फाइभजी उत्पादनहरु वैश्विक बजारमा पस्कँदै जाने योजना बनाएको छ।

फाइभजी उपकरण विकासका लागि अग्रणी तथा संवाहकका रुपमा ओपोले मानक स्थापना, सफ्टवेयर लगायत फाइभजी प्रविधि सम्बन्धित विभिन्न प्राविधिक क्षेत्रमा विशेषज्ञता हातपारी सकेको छ । सन् २०१५मा स्थापित ओपोको फाइभजी आरएण्डडी समुहले सक्रियरुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ। सन् २०१९को सेप्टेम्बर सम्म आइपुग्दा ओपोले २ हजार ५०० भन्दा बढी वैश्विक प्याटेन्ट फेमिलिज्का लागि निवेदन दर्ता गराइसकेको छ।

त्यसैगरी, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्यान्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई)मा १ हजार भन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिज्को घोषणा गरिसकेको छ। साथै, ओपोले ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि कागजात थ्रीजीपीपीलाई हस्तान्तरण (सबमिट) गरिसकेको छ। यसले ईन्टरनेशनल स्ट्यान्डर्ड्स अर्गनाजेसनमा ओपोलाई टप कन्ट्रिब्यूटर्सको सूचिमा अग्रणी स्थान प्राप्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad