राजनीति


बाग्लुङमा नेकपाका बागीको भएन उम्मेदवारी फिर्ता

बाग्लुङमा नेकपाका बागीको भएन उम्मेदवारी फिर्ता

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ८:५३,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा परेको बागी उम्मेदवारी फिर्ता गराउन असफल भएको छ।

आइतबार उम्मेदवारी फिर्ता लिन समयभन्दा ढिलो गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि उनको उम्मेदवारी कायमै रहने भएको हो।

बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई लिन नेकपाले हेलिकोप्टरको प्रयोग गरेको थियो। घर्ती आइपुग्दा  निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिन समय बितिसकेको नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बताए।

नेपालखबरसँग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, ‘आयोगले तोकेको समयभन्दा ढिला आएपछि उम्मेदवारी फिर्ता हुन सकेन।’

नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने गरी चुनावी तालमेल गरेको थियो। राजमोे साे क्षेत्रमा खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएकाे छ।

  पार्टी निर्णयविपरीत घर्तीले बिहीबार (२१ गते) नेकपाको तर्फबाट मनोनयन दर्ता गरेका थिए। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो १ बजेसम्मलाई तोकेको थियो। घर्तीलाई दिउसो १:२० बजेमात्र मात्र हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो। 

पार्टीले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएपछि उनी पार्टी सम्पर्कभन्दा बाहिर रहेको र उनलाई खोजेर ल्याउनका लागि हेलिकोप्टर नै प्रयोग गरे पनि असफल भएको नेकपा बागलुङका एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad