राजनीति


‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै रञ्जु दर्शनाद्वारा पार्टी परित्याग

‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै रञ्जु दर्शनाद्वारा पार्टी परित्याग

नेपालखबर
पुस ८, २०७८ बिहिबार १०:५३, काठमाडौँ

नेता रञ्जु दर्शनाले विवकेशील साझा पार्टी परित्याग गरेकी छन्। 

बिहीबार बिहान ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ शीर्षकमा वक्तव्य जारी गर्दै रञ्जु दर्शनाले याे पार्टी छाडेकाे घाेषणा गरेकी हुन्। 

‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें’, रञ्जुले भनेकी छन्, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।’

विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी अलग भएको जानकारी उनले दिएकी छन्। 

‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजीनितिक रूपमा सक्रिय रहनेछु’, वक्तव्यमा रञ्जुले भनेकी छन्। 

हेर्नुहाेस् पूरा वक्तव्य-

यो पनि :

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : तानाशाही टिक्दैन, सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .