राजनीति


भारतीय राजदूतका अगाडि ओलीद्वारा योगका लाभको बयान

भारतीय राजदूतका अगाडि ओलीद्वारा योगका लाभको बयान

नेपालखबर
असार ६, २०७६ शुक्रबार ८:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको आरोप लगाएका छन्।

तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध प्रम ओलीले बताएका छन्।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

भारतीय राजदूत मञ्जितसिँह पुरीसमेत सहभागी कार्यक्रममा ओलीले समय निकालेर दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए।

‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो’ ओलीले भने, ‘मानिस स्वास्थ्य रहन योगको निरन्तरता जरुरी छ।’

ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको पनि बताए।

ओलीले भने, ‘हामीले पाँच/छ हजार बर्ष पहिलेका मूर्तीहरु हेर्यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन्।’

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको पनि उल्लेख गरे।

‘यस्तो ज्ञान भूमिमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौँ’ उनले भने, ‘तर अब त्यो अवस्था रहँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad