ad ad

राजनीति


भारतले सार्वजनिक गरेको नक्सा नेपालको सार्वभौमितामाथि चुनौतिः मसाल

भारतले सार्वजनिक गरेको नक्सा नेपालको सार्वभौमितामाथि चुनौतिः मसाल

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १२:१५,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साले नेपालको सार्वभौमिकतामाथि चुनौति दिएको ठहर गरेको छ। नेपाली भूमिलाई समेत समेटेर नयाँ नक्सा बनाएको भन्दै मसालले गम्भीर आपत्ति जनाएको छ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले बुधबार एक वक्तव्य प्रकाशित गरी विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतले लिम्पियाधुरा कालापानी क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गरेर आफ्नो साम्राज्यवादी चरित्र उदाङ्गो बनाएको बताएका छन्।

देशको सार्वभौमिकता रक्षाका लागि तथा भारतीय साम्राज्यवादलाई परास्त गर्न जनताको देशभक्तिपुर्ण संघर्षको आवश्यकता रहेको पनि मसालले औँल्याएको छ।

यस्तै, आधिकारिक धारणा सार्वजनिक गरेर देशको सार्वभौमिकताको रक्षाको लागि आवश्यक कदम उठाउन पनि मसालले नेपाल सरकारको ध्यान आकर्षित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .