राजनीति


सामाजिक सञ्जालपछि चुनावी मैदानमा रेखा थापाले गरिन् कमल थापाको कडा आलोचना

सामाजिक सञ्जालपछि चुनावी मैदानमा रेखा थापाले गरिन् कमल थापाको कडा आलोचना

नेपालखबर
मंसिर १८, २०७८ शनिबार १६:४९, काठमाडौँ

राजेन्द्र लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी अभिनेत्रीसमेत रहेकी नेता रेखा थापाले प्रतिस्पर्धी समूहबाट अध्यक्ष पदमा उठेका कमल थापाको कडा आलोचना गरेकी छन्। 

यसै पनि मतदानअघिदेखि नै यी दुई नेताबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेकै छ। 

यसै क्रममा अभिनेत्री थापाले शनिबार राप्रपा नेतृत्वका लागि भृकुटीमण्डपमा मतदान भइरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै कमल थापाविरुद्ध तीव्र आक्रोश व्यक्त गरेकी हुन्। 

अध्यक्षका उम्मेदवार थापाले एक जना महिलालाई मात्र आफ्नो प्यारो बनाएर अन्य महिलालाई अवहेलना गरिरहेको आरोप रेखाले लगाएकी छन्। 

रेखा थापाको भनाइ जस्ताको तस्तै–

कमल थापाको हतोत्साही मनस्थिति र उहाँ कतिसम्मको कन्चुरेटिभ, र उहाँ कतिसम्मको आफैं खाउँ, आफैं लाउँ, र, एउटा हुन्छ नि! शासकीय प्रवृत्तिबाट अघि बढ्नुभएको नेता भन्ने कुरा यहीँबाट बुझियो।

किन आज पार्टी कोल्याप्स भयो? आज पार्टी किन जीर्ण अवस्थामा छ? ३३ सिट, २२ सिट हुँदै एक सिटमा मात्रै किन झर्यो? राजेन्द्र लिङ्देनको पछाडि मात्रै किन जनलहर भयो ?जनमत किन भयो? एउटा मात्रै सिट किन भयो? उहाँको यही प्रवृत्तिले गर्दा हो।

कोही पनि मान्छे अगाडि नबढ्ने? म पनि उहाँकै पार्टीको नेत्री हो नि! भनेपछि अरू नेत्री महिलाचाहिँ उहाँको कोही पनि होइन, सिरिप एउटै नेत्री मात्रै उहाँका लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेत्रीहरूले सहेर बस्छन्?

कमल थापाको नेता र कार्यकर्ता त म पनि हो नि! अनि हामीलाई सिन्डिकेट लगाउने? अरूलाई सिन्डिकेट लगाउने? र, एउटा युवा नेतृत्व अगाडि बढ्छु भनिरहँदाखेरि त उहाँले आशीर्वाद दिनुपर्ने हो नि दुईदुईवटा नेताहरूले त्याग्नु भो त? उहाले चाहिँ केका लागि कब्जा गर्नुपर्ने हो?

यी पनि :

कमल थापाविरुद्ध अझै मरेन रेखा थापाको रिस, सामाजिक सञ्जालमा लेखेको लेख्यै

रेखा थापालाई ‘फिल्म खेलेजस्तो सजिलो छैन राजनीति’ भन्नेलाई दीपकराज गिरीको कडा जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .