राजनीति


रेखा थापालाई ‘फिल्म खेलेजस्तो सजिलो छैन राजनीति’ भन्नेलाई दीपकराज गिरीको कडा जवाफ

रेखा थापालाई  ‘फिल्म खेलेजस्तो सजिलो छैन राजनीति’ भन्नेलाई दीपकराज गिरीको कडा जवाफ

नेपालखबर
मंसिर १८, २०७८ शनिबार १२:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापाविरुद्ध आएका अभिव्यक्तिप्रति कलाकार दीपकराज गिरीले आक्रोश व्यक्त गरेका छन्। 

राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला कलाकार गिरीले सामाजिक सञ्जालमार्फत रेखा थापाको प्रतिरक्षा गरेका हुन्। 

‘गणतन्त्रवादी रेखा थापा कसरी राप्रपा हुन सक्छिन्’ तथा ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्ने टिप्पणीविरुद्ध दीपकराज गिरीले जवाफ दिएका हुन्। 

‘कांग्रेस, एमालेमा पनि राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्, अब उनिहरू कांग्रेस वा एमाले हुन वा होइनन्’, गिरीले लेखेका छन्, त्यसै गरेर राप्रपामा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि! ‘न रेखा त्यसमा पर्छिन् कि?’

यस्तै रेखा थापासँग राप्रपाको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती शाहीले दिएको अभिव्यक्तिविरुद्ध पनि कलाकार गिरीले टिप्पणी गरेका छन्। 

‘रेखा थापालाई कुन्ताजीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन’ भन्नुभएछ’, गिरीले लेखेका छन्, ‘कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर, एकचोटि ट्राइ गरेर हेर्नुहुन्छ? क्यामराअगाडि तपाईंको पसिना छुट्नेछ!!।’

उनले अगाडि लेखेका छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रै नै हुन्छ, त्यसैले कुनै पेसालाई सजिलो ठान्ने काम नगरौं।’ 

गिरीको आक्रोश अझै मरेको छैन। 

अगाडि लेखेका छन्, ‘तैंले सक्दैनस्, यो तेरो काम होइन, तेरो अनुभव छैन, यी शब्दहरू तिनले प्रयोग गर्छन्, जो आफैं असक्षम छन्।’ 

राप्रपा आफ्नो सिद्धान्त र विचार प्रतिनिधित्व गर्ने पार्टी नभए पनि रेखा थापाले महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा उम्मेदवारी दिनु स्वागतयोग्य कुरा भएको गिरीले उल्लेख गरेका छन्। 

साथै उनले जितका लागि थापालाई शुभकामना पनि दिएका छन्। 

 

यो पनि : ​कमल थापाविरुद्ध अझै मरेन रेखा थापाको रिस, सामाजिक सञ्जालमा लेखेको लेख्यै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .