ad ad

राजनीति


मुख्यमन्त्री राउतले प्रदेश प्रमुखकी श्रीमतीलाई दिएको पाँच लाखको चेक फिर्ता

मुख्यमन्त्री राउतले प्रदेश प्रमुखकी श्रीमतीलाई दिएको पाँच लाखको चेक फिर्ता

शैलेन्द्र महतो
मंसिर १२, २०७८ आइतबार २०:५५, काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कानुन मिचेर प्रदेश प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषा मिश्रलाई दिएको पाँच लाख रुपैयाँको चेक फिर्ता भएको छ। 

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मिश्रले उपचार खर्चको नाममा मुख्यमन्त्री सहायता कोषबाट लिएको पाँच लाखको चेक फिर्ता गरेकी हुन्। 

असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरिएको मुख्यमन्त्री राहत कोषबाट मन्त्रिपरिषदको बैठकले निर्णय गरी उनलाई उपलब्ध गराइएको थियो। नेपालखबरलगायत सञ्चारमाध्यममा सो समाचार सार्वजनिक भएपछि चेक फिर्ता गरिएको हो।  

मिश्रले चेक फिर्ता गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

मुख्यमन्त्री कार्यालयबाट काटिएको चेक रद्द गर्न सचिव यमप्रसाद भुसालले आफूलाई फिर्ता दिएको लेखा अधिकृत दिनेश पण्डितले बताए।

चेकको रकम कोषमा फिर्ता आएको अधिकृत पण्डितले बताए। उनका अनुसार क्याबिनेटको निर्णयबाट मिश्रलाई उपचार खर्चको लागि पाँच लाख भुक्तानी दिन भनिएको थियो।  

प्रदेश प्रमुखकी पत्नीलाई मुख्यमन्त्री राहत कोषबाट पँचलाख रकम दिएको समाचार सार्वजनिक भएपछि उनको चर्को आलोचना सुरु भएको थियो। त्यसपछि मुख्यमन्त्री र मन्त्री लगायतले उक्त समाचारमा सत्यता नरहको भन्दै ढाकछोपको प्रयास गरेका थिए। 

श्रोतका अनुसार आइतबार बिहान प्रमुख सचिव हरिप्रसाद मैनालीले मिश्रलाई दिइएको चेक फिर्ता गर्न सचिव भुसाललाई निर्देशन दिएका थिए। 

मुख्यमन्त्री राउतले यसअघि पनि पहुँचवाला मन्त्री, सांसद, आफ्ना आसेपासेलाई १ लाखदेखि १७ लाखसम्म आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ लाई मिचेर बाँड्दै आएका छन्।

जबकी निर्देशिकाको दफा ३ को उपदफा ९१० मा ‘प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेकालाई निजको जीवनयापन वा औषधोपचारका लागि प्रदेश सरकारले २५ हजारदेखि ३ लाख रुपैयाँसम्मा मात्र उपलब्ध गराउन सक्ने व्यवस्था छ। 

कार्यालयमा करिब एक सयजना विपन्न, असहाय अशक्तको आर्थिक सहायता मागको निवेदन दर्ता भएपनि मुख्यमन्त्री राउतले चासो लिएका छैनन्। तर पहुँचवाला आउँदा चाँडै मन्त्रिपरिषदबाट निर्णय गरेर कानुन मिच्दै लाखौं रकम बाँडेको पाइएको छ।

यो पनिः गरिबको निवेदन महिनौँदेखि अलपत्र तर कानुन मिचेर पहुँचवालालाई लाखौँ बाँड्दै मुख्यमन्त्री राउत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .