राजनीति


पत्रकारलाई गोकुल बाँस्कोटाले भने : कसैले त्याग नगरी कसरी सर्वसम्मति हुन्छ?

पत्रकारलाई गोकुल बाँस्कोटाले भने : कसैले त्याग नगरी कसरी सर्वसम्मति हुन्छ?

एमाले नेता गोकुल बाँस्कोटा सौराहामा। तस्बिर : कृष्ण बहाब/नेपालखबर


कृष्ण बहाब
मंसिर १२, २०७८ आइतबार १७:२५, चितवन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहमति भएको खण्डमा सबैले त्याग गर्न सक्नुपर्ने बताएका छन्। 

पार्टीलाई एक बनाइराख्न सहमति आवश्यक रहेको बताउँदै उनले त्यसका लागि आफू पनि त्याग गर्न तयार रहेको बताए। 

सौराहास्थित पार्क सफारी रिसोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले सहमतिकै लागि पार्टीको दोस्रो दिनको बन्द सत्र पनि साँझ ७ बजेसम्मलाई सारिएको बताएका छन्। 

'सहमति प्रयास भइरहेको छ। सहमति जुटिसकेपछि बन्दसत्र सुरु हुनेबित्तिकै सकिन्छ', उनले भने, 'यत्रो महाधिवेशन छ, अलिअलि त लम्बिजान्छ नि, रस्साकस्सी भइजान्छ नि!' 

उनले निर्वाचन भएको अवस्थामा आफू सचिवभन्दा पछि नहट्ने पनि बताए। 'निर्वाचन भएमा मेरो दाबी सचिवमा छँदैछ। तर सहमतिका लागि मलाई पदको मतलब भएन। कसैले त्याग नगरी कसरी सर्वसम्मति हुन्छ?'

बाँस्कोटाले अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष भीम रावल पनि एमालेकै नेता भएकाले सहमतिमा आउने बताए। 

'भीम रावल एमालेकै नेता हुनुहुन्छ। उहाँ पनि पार्टीमा नै हुनुहुन्छ। उहाँलाई पार्टीले सहमतिमा दिएको जिम्मेवारी पूरा गर्नुहुन्छ', उनले भने, 'महाधिवेशन प्रक्रिया जारी छ। मलाई व्यक्ति व्यक्तिको कुरा नसोध्नुस्। महाधिवेशनको 'सोभरेन्टी'माथि हमला नगर्नुस्।'

उनले विधान संशोधन भइसकेकाले त्यसकै मर्म अनुसार निर्णय हुने बताए। 'हिजो विधान संशोधन भइसकेको छ। त्यही अनुसार कुरा मिल्छ', उनले भने, 'अध्यक्ष यहीँ हुनुहुन्छ। उहाँकै ठाउँबाट प्रक्रिया सुरु हुन्छ। कहीँ न कहीँबाट त सुरु हुन्छ। हामी सहमतिमै टुङ्ग्याउँछौँ।' 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .