ad ad

राजनीति


एमालेले थप्यो ४ पदाधिकारी, केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, पोलिटब्युरो पनि ब्युँतियो

एमालेले थप्यो ४ पदाधिकारी, केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, पोलिटब्युरो पनि ब्युँतियो

सागर न्यौपाने
मंसिर ११, २०७८ शनिबार ०:२२, चितवन

नेकपा एमालेले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याएको छ।

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले उपाध्यक्ष २ र उपमहासचिव २ जना थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय लिएको हो।

त्यस्तै एमालेले २२५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ३०१ सदस्यीय बनाएको छ। 

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय भएको छ।

बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। त्यस्तै पोलिटब्युरो कमिटी पनि ब्यूँताउने निर्णय भएको छ।

अब केन्द्रीय कमिटीमा ३०१ जना, पोलिटब्युरोमा ९९ जना, स्थायी कमिटीमा ४५ जना, पदाधिकारी (सचिवालय) मा १९ जना हुनेछन्। 

बैठकको निर्णयानुसार एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १९ जना रहनेछन्। 

एमाले केन्द्रीय कमिटीको यो निर्णयलाई अब भोलिको महाधिवेशनको बन्द सत्रमा पेश गरिनेछ। त्यहाँबाट विधान संशोधन भएसँगै यो निर्णय लागु हुनेछ।

तामाङका अनुसार बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय लिएको छ।

केन्द्रीय कमिटीको यो निर्णयसँगै अध्यक्षमा प्रतिस्पर्धा गर्न तयार उपाध्यक्ष भीम रावल अब ब्याक हुने भएका छन्। 

एमालेमा अब

अध्यक्ष-१ जना
वरिष्ठ उपाध्यक्ष-१ जना
उपाध्यक्ष-६ जना
महासचिव-१ जना
उपमहासचिव-३ जना
सचिव-७ जना
केन्द्रीय कमिटी ३०१ सदस्यीय
अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .