ad ad

राजनीति


एमाले महाधिवेशन उद्घाटन आज : नारायणी किनारमा बिहानैदेखि चहलपहल (तस्बिरहरू)

एमाले महाधिवेशन उद्घाटन आज : नारायणी किनारमा बिहानैदेखि चहलपहल (तस्बिरहरू)

सागर न्याैपाने/विक्रम राई
मंसिर १०, २०७८ शुक्रबार ८:४७, काठमाडौँ

नेकपा एमलेको दसौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) हुँदै छ। त्यसका लागि एमालेका नेता/कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा भेला हुन थालेका छन्। 

बिहानैदेखि नेताहरू उद्घाटन स्थलमा पुगिरहेका छन्। 

अहिले नारायणी किनारस्थित कार्यक्रमस्थलमा ५ हजारजति मानिस जम्मा भइसकेको एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका सचिव दीपक न्यौपानेले नेपालखबरलाई जानकारी दिए। 

स्कुल र कलेज अघोषित रूपमा बन्द गराइएको छ। सवारीसाधन आवतजावत पनि रोकिएको छ। स्कुल र कलेजका विद्यार्थीलाई अनिवार्य कार्यक्रममा उपस्थित गराउन हिजैदेखि निर्देशन दिइएको एक नेताले बताए।

धुलो उड्न नदिन ट्याङ्करले पानी खन्न्याउने काम भइरहेको छ। 

उद्घाटन मध्याह्न १२ बजे हुनेछ। त्यसअघि चितवनस्थित पोखरा बसपार्क र भरतपुर विमानस्थलबाट जुलुस निकालिनेछ। 

यस्तै नवलपरासीको गैंडाकोटबाट पनि उद्घाटन स्थलमा जुलुस जाने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्वास्थ्यका कारण अध्यक्ष केपी ओलीलाइ भने गाडीबाटै कार्यक्रमस्थल पुर्‍याइनेछ। ओली बिहीबारदेखि सौराहामा रहेको पार्क सफारी रिसोर्टमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .