राजनीति


‘साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनेका छन्’

‘साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनेका छन्’

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १४:३७, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सर्वसम्मत नेतृत्व चयन नगरी निर्वाचन भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्। 

नेपालखबरसँग मंगलबार दिउँसो कुरा गर्दै नेम्वाङले सकभर सहमतिकै आधारमा नेतृत्व चयन गर्ने र यदि त्यसो नभएको अवस्थामा आफूलाई वरिष्ठमै चुनाव लड्न साथीहरुले सुझाव दिएको बताए।

‘नेकपा भंग गरेर एमाले व्युँतिएपछि हामीले एकता र सहमतिको महाधिवेशन गर्ने भनेर भनेका थियौं, त्यही आधारमा सर्वसम्मत नेतृत्व चयन गर्न हामी लागिपरेका छौँ,’ नेम्वाङले भने, ‘पार्टीको आन्तरिक समस्या हल गर्न सिंगो पार्टीलाई एकतावद्ध गराउन कमरेड केपी ओलीको विकल्प छैन। त्यसका लागि अन्तिमसम्म प्रयास हुन्छ, म त्यसका लागि कुदिरहेको छु, यदि कोसिस गर्दा पनि भएन भने, निर्वाचनतिर जानुपर्छ।’

उनले थपे, ‘मैले पनि निर्वाचनमा जानुपर्‍याे, साथीहरुसँग यसबारे छलफल भएको छ, सबै साथीहरुले वरिष्ठ उपाध्यक्ष पदमा लड्न सुझाव दिनुभयो, मेरो चाहना पनि त्यही हो ।’

अनि वरिष्ठमा त ईश्वर पोखरेल ढुक्क भएर बसेका छन् नी त भन्ने प्रश्नमा नेम्वाङले भने, ‘को कहाँ उम्मेदवार बन्छ, बन्यो त्यो मलाई जानकारी भएन, चुनाव भयो भने म साथीहरुले दिएको सुझाव पालना गर्छु।’

उनले उम्मेदवारी घोषणा भने केही दिनपछि मात्र गर्ने बताए।

अध्यक्ष केपी शर्मा ओली निकट रहेका नेम्वाङ नवौं महाधिवेशनमा सभामुख रहेकाले कुनै पदमा उठेका थिएनन्। 

मंगलबार ओली निकट केन्द्रीय सदस्य महेश बस्नेतले सचिवमा र आइतबार भीम रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad