कारोबार


राष्ट्र बैंकले दियो नेपाली सेनालाई विदेशी विनिमयको विशेष सुविधा

राष्ट्र बैंकले दियो नेपाली सेनालाई विदेशी विनिमयको विशेष सुविधा

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १४:८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयको लागि विशेष सुविधा प्रदान गरेको छ। 

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गर्दै सेनालाई विनिमय सुविधा प्रदान गर्न आफ्ना कार्यालय, विभाग तथा वाणिज्य बैंक र विकास बैंकहरुलाई निर्देशन दिएको हो। 

एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा दिइएको हो। 

यसअनुसार नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरण समेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा शर्तहरुको अधीनमा रही त्यस्तो सटही सुविधा राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्रप्राप्त क वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ख वर्गका विकास बैंकहरुबाट सोझै प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। 

नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरण/प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा शर्त १ देखि ११ सम्मका व्यवस्थाहरु लागू नहुने राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकका अनुसार नेपाली सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसन तैनाथ रहेका मुलुकहरुका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन कुनै बाधा नपर्ने परिपत्रमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad