राजनीति


कांग्रेस अधिवेशनः धनुषाका ८ स्थानीय तहमा सर्वसम्मत, बाँकीमा तीन धारले विवाद

कांग्रेस अधिवेशनः धनुषाका ८ स्थानीय तहमा सर्वसम्मत, बाँकीमा तीन धारले विवाद

शैलेन्द्र महतो
मंसिर ६, २०७८ सोमबार ८:५४, काठमाडौँ

नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धनुषाका १८ स्थानीय तहमध्ये आठवटामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। 

निर्धारित तालिकाबमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका ८ वटा पालिकामा कांग्रेसका अधिवेशन सम्पन्न भएका हुन्। 

विवादको कारण १० वटा स्थानीय तहमा भने अधिवेशन हुन सकेको छैन। केहीमा सर्वसम्मतीको प्रयास भइरहेको छ भने केहीमा चुनाव गर्ने टुंगो लागिसकेको कांग्रेस (धनुषा) का सचिव सन्तोष यादवले जानकरी दिए। 

उनका अनुसार जनकपुरधाम उपमहानरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, हंसपुर नगरपालिकामा जयनारायण कापडी, धनुषाधाम नगरपालिकामा चन्द्रदेव यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र औरही गाउँपालिकामा युगल सिंह कांग्रेस सभापति चयन भएका छन्। यी पालिकामा सर्वसम्मतीमा नेतृत्व छानिएको हो। 

मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका र बटेश्वर गाउँपालिकामा पनि सहमति जुटाउने प्रयास भइरहेको सचिव यादवले बताए। 

यस्तै सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, सहिद नगरपालिका र जनकनन्दनी गाउँपालिकामा पनि सर्वसम्मती नजुटेपछि निर्वाचन गर्ने टुंगो लागिसकेको उनले बताए। आज वा भोलिसम्ममा बाँकी सबै पालिकामा अधिवेशन सक्ने तयारी रहेको उनले जानकारी दिए। 

विवाद भएका कतिपय पालिकामा पार्टी सभापति शेरबहादुर देउवा,  वरिष्ठ नेता रामचन्द्र पौडेल र आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका देउवा खेमाकै कांग्रेस उपभासपति विमलेन्द्र निधिका पक्षधरबीच विवाद रहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .