राजनीति


जनता विस्थापित नहुने गरी मोतीपुर औधोगिक क्षेत्रको काम अघि बढाइन्छ : गृहमन्त्री खाण

जनता विस्थापित नहुने गरी मोतीपुर औधोगिक क्षेत्रको काम अघि बढाइन्छ : गृहमन्त्री खाण

सुदीप भण्डारी
मंसिर ५, २०७८ आइतबार २०:३१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने बताएका छन्।

बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवलाई सम्बोधन गर्दै नेता खाणले औद्योगिक क्षेत्र निर्माण अघि जग्गा विवाद समाधान हुने बताए।

खाणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको भन्दै क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्र बनाउने उल्लेख गरे।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्दै गृहमन्त्री खाणले भने, ‘जनतालाई विस्थापित नगर्ने गरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाइकन औद्योगिक क्षेत्र स्थापनाको व्यबस्था मिलाउनुहोस्।’

बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेकाहरूले नै राजधानी अन्यत्र सारेको खाणको आरोप छ।

‘यहाँ सबैले बुटवललाई राजधानी बनाउँछु भनेर नै भोट मागेको हो। हामीले स्थापना पनि गर्यौं तर उहाँहरुले अन्यत्रै लैजानु भयो’ एमाले नेता विष्णु पौडेलतर्फ लक्षित गर्दै उनले भने।

भैरहवामा तयारी पुरा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सरकार प्रयत्न गरिरहेको बताउँदै खाणले प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उडान इजाजतको लागि प्रस्ताव गरेको र त्यसमा सकारात्मक सन्देश प्राप्त भएको बताए।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाणले भैरहवाको मतगणना स्थलमा भएको झडपका घाइते शैलेश पन्तलाई अस्पतालमा पुगेर भेटेका छन्। लुम्बिनी प्रादेशिक अस्पतामा उपचाररत पन्तलाई उनले आज भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .