राजनीति


सुनसरीमा सर्वसम्मत छानिए एमाले महाधिवेशन प्रतिनिधि (नामावली)

सुनसरीमा सर्वसम्मत छानिए एमाले महाधिवेशन प्रतिनिधि (नामावली)

सुदीप भण्डारी
मंसिर ४, २०७८ शनिबार १०:४२, काठमाडौँ

नेकपा एमालेका दसौं महाधिवेशनमा सहभागिताका लागि सुनसरीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ। सुनसरीका ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ४२ जना प्रतिनिधि छनोट भएका हुन्।

सुनसरीमा कूल ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता गरिएको थियो। त्यतिबेलै सर्वसम्मत जुटाउने प्रयास भए पनि तोकिएभन्दा ४ गुणा बढी मनोनयन दर्ता गरिएको थियो।

जिल्लाभित्र प्रतिनिधि सर्वसम्मत गराउन यहाँ निर्वाचनको मिति सारिएको थियो। गत कात्तिक ३० प्रतिनिधि छनोटका लागि सुनसरीमा निर्वाचन तय गरिएको थियो। पछि पुनः सर्वसम्मत गराउन भनेर निर्वाचनको मिति मंसिर ३ लाई तोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .