नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको शारीरिक अवस्थालाई लक्षित गरेर खिसीट्युरी गरेका छन्।
बबरमहलस्थित कार्की बैनक्वेटमा जारी विभिन्न सञ्चार माध्यमहरुमा सम्पादकसँगको जारी छलफलका क्रममा उनले प्रधानमन्त्री देउवाको वाक कलालाई लिएर खिसीट्युरी गरेका हुन्।
‘देउवा आफैँले बालेको बुझ्नुहुन्न। तर, कुरा बङ्ग्याउन सक्नुहुन्छ,’ नेता सिंहले भने।
उनले महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री देउवाको उक्साहटमा लागेर आफ्नोबारे टिप्पणी गरेको पनि आशय व्यक्त गरे।
‘अरुको कमजोरी बुझेर के भन्नुपर्ने हो भनिदिनुहुन्छ,’ देउवाप्रति इंगित गर्दै उनले भने, ‘यसमा सिपालु हुनुहुन्छ। शशांकलाई त्यही भनिदिनु भएको छ।’
नेता सिंहले कोइरालाको पछिल्लो अभिव्यक्ति प्रति आपत्तिसमेत जनाए। ‘मैले बाहिरका मानिसलाई भट्याभेट्यै छु। काठमाडौंका मान्छेले भेट्न पाएका छैनन्,’ नेता सिंहले भने, ‘तर, मलाई नै आरोप लाउँछन्, बाहिरकाले चिन्दैनन्।’
Shares

प्रतिक्रिया