सर्वोच्च अदातलमा बिहीबार दिउँसो १ बजेका लागि डाकिएको 'फुलकोर्ट' बैठक अझै सुरु हुन सकेको छैन।
'फुलकोर्ट' बैठकमा सहभागी हुनुपर्ने न्यायाधीशहरु अझै बैठकस्थलमा पुगिसकेका छैनन्।
सर्वोच्च अदालतमा कात्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले 'फुलकोर्ट' बैठक बोलाएका थिए।
सर्वोच्च अदालतमा आफूविरुद्धको आन्दोलन शिथिल हुने अवस्था नदेखेपछि निकासका विकल्प खोज्न जबराले फुलकोर्ट बैठक बोलाएका थिए।
यो बैठकमा जबराले सर्वोच्चमा हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय लिन सक्ने बताइएको थियो।
सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरू पनि बस्न तयार भएपछि जबराले ‘फुलकोर्ट’बैठक बोलाएका थिए।
45
Shares

प्रतिक्रिया