राजनीति


इटहरी एमाले : अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत, सचिव र उपसचिव चुनावबाट

इटहरी एमाले : अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत, सचिव र उपसचिव चुनावबाट

कृष्ण बहाब
कात्तिक १४, २०७८ आइतबार १४:५०, काठमाडौँ

नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएपनि अन्य पदाधिकारीहरु भने चुनावमार्फत चयन भएका छन्।

कार्तिक ९ गते उद्घाटन भएको अधिवेशनको बन्द सत्रबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः यामकुमार सुब्बा र दुखीलाल चौधरी सर्वसम्मत चयन भएका थिए।

सचिव र उपसचिव भने शनिबार भएको निर्वाचनले चुनेको थियो। शनिवार भएको मतदानमा सचिव पदका लागि ४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये रुपेश बस्नेत २१९ मत ल्याएर निर्वाचित भएका छन्। बस्नेतका निकटतम प्रतिस्पर्धी मदन कार्कीले १४३ मत, राजेन्द्र केशरी घिमिरेले १०५ मत र होम घलेले १९ मत प्राप्त गरेका थिए।

त्यस्तै उपसचिवमा २४२ मत ल्याएर जितेन्द्र थापा, २३४ मत ल्याउँदै मन्दिरा भट्टराई निर्वाचित भएकी छिन्। उपसचिवका अन्य दावेदार होमनाथ धमलाले ९९, रामचरण चौधरी ९९ मत प्राप्त गरेका छन्।

त्यसै गरि, तोयाकुमारी ढकाल ७४, थिर बहादुर खड्का ५५, भिमप्रसाद पोखरेल ४९, सञ्जु प्रधान ४७ शुकदेव राई ५७ मत पाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .