ad ad

राजनीति


प्रचण्डको निर्वाचन क्षेत्रस्थित अयोध्याधाममा जाँदै ओली

प्रचण्डको निर्वाचन क्षेत्रस्थित अयोध्याधाममा जाँदै ओली

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १४:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही मंगलबार चितवनको माडीस्थित अयोध्याधाममा अवलोकनमा जाने भएका छन्। 

नेकपा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यहाँ जान लागेका हुन्। 

ओलीले सोमबार एमाले भरतपुर महानगरपालिकाको अधिवेशन उद्घाटन गर्ने पनि कार्यक्रम निर्धारण भइसकेको छ। 

एमाले माडी नगर कमिटीले मंगलबार माडी-९ अयोध्याधाममा आयोजना गरेको भेटघाट एवम् छलफल कार्यक्रममा ओलीले सम्बोधन गर्ने छन्। 

अयोध्यधामको निरीक्षण गर्न माडी जाने कार्यक्रम तय भइसकेको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिएकी छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि एमाले माडी नगर कमिटी कार्यक्रमलाई भव्य बनाउन सक्रिय भएको छ। 

कार्यक्रमलाई व्यवस्थित बनाउन एमाले माडी नगर कमिटीको आइतवार भएको बैठकले ५ वटा उप समिति गठन गरेको छ।

एमाले माडी नगर कमिटीका अध्यक्ष रेशम लाल आचार्यका अनुसार कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारीलाई राखिएको छ। 

कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै समग्र माडीको विकास र अयोध्याधामको गुरुयोजनाबारे व्यवस्थित छलफल गर्ने उद्देश्यले आइतवार माडीका ९ वटै वडा कमिटीको बैठक राखिएको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले बताए।

ओली माडी आउने भएपछि स्थानीयबासी र एमाले कार्यकर्ताहरु उत्साहित भएका छन्। ओलीले चितवनमा रहँदा एमालेको दशौँ महाधिवेशन आयोजनास्थल निरीक्षण गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .