राजनीति


कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, नौ जना घाइते

कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, नौ जना घाइते

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १५:४६,

धनुषामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो। झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन्।

क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार कांग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ।

कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पु¥याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन्। झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन्। इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहालले कुनै पक्षका अहिलेसम्म उजुरी नपरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad