ad ad

राजनीति


नेकपासँगको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले थाले छलफल

नेकपासँगको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले थाले छलफल

नेपालखबर
असोज ३१, २०७८ आइतबार १५:३७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका छन्। 

आइतबार उनले सहमति कार्यान्वयनका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन्।

गृहमन्त्री खाणले आइतबार अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका हुन्। 

त्यसक्रममा उनले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराएका थिए।

तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। 

तत्कालिन गृहमन्त्री रामबहादुर थापा र नेकपाको वार्ता टोली बीच सहमति पत्रमा हस्ताक्षर भएको थियो।

तर, सो सहमति पूर्ण कार्यान्वयन नभएको भन्दै विप्लवसहितका नेताहरुले विभिन्न दलका नेतालाई भेटेर सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .