राजनीति


मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा

मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा

नेपालखबर
असोज २४, २०७८ आइतबार १०:५, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्। 

प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेकाे भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उनले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएका हुन्। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्।

सांसद नरहेका उनी अस्ति २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad