ad ad

राजनीति


चार दलबीच भागबण्डा मिल्यो : कांग्रेसलाई ६, अरु तीन दललाई ५/५ मन्त्रालय

चार दलबीच भागबण्डा मिल्यो : कांग्रेसलाई ६, अरु तीन दललाई ५/५ मन्त्रालय

नेपालखबर
असोज १९, २०७८ मंगलबार १३:५२, काठमाडौँ

सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा टुङ्ग्याएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको जानकारी दिए।

‘२१ मन्त्रालयको भागबण्डा मिल्यो। मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठ्नुभयो,’ उनले भने।

स्वकीय सचिव देउवाले मंगलबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि जानकारी दिए। यसअघि  मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सत्तारुढ गठबन्धन आलोचना खेप्दै आएको थियो। 

शीर्ष नेताको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका बीचमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको बताए।

यसअघि जसपा र एकीकृत समाजवादी पार्टीले सम्मानजनक रुपमा मात्रै सरकारमा जाने अडान राख्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .