प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। यो बैठकमा एक मात्रै कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने भएको छ। वैशाख २७ मा ह्विप उलंघन गरेको आरोपसहित कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेसम्म संसद चल्न नदिने अडान एमालेले राखेको छ।
उक्त कारवाही सदर नगरेसम्म संसद चल्न नदिने जानकारी एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएका छन्।
उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेमाथि विभेद गर्दै आफूहरुको कारबाहीको सूचना नटाँसेको तथा बजेटमै कालोधन ल्याउन दिने प्रावधान राखेकोमा विरोधस्वरुप संसदमा अवरोध जारी रहने बताएका छन्।
Shares

प्रतिक्रिया