राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ।
बागमती प्रदेशअन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार भएको छ।
त्यस्तै चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।
Shares

प्रतिक्रिया