नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरुबीच सोमबार भेटवार्ता भएको छ।
कांग्रेस सभापतिमा दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच निधि निवासमा भेटवार्ता भएको हो।
शशांक बीपी पुत्र, विमलेन्द्र महेन्द्र नारायण निधि पुत्र र प्रकाशमान गणेशमान सिंहका पुत्र हुन्।
उनीहरु तीनैजनाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका छन्।
यी नेताबीच भएको यो छैटौँ भेट हो। यसअघि पनि उनीहरुले पटक पटक छलफल गरिरहेका छन्।
258
Shares
प्रतिक्रिया